ट्रेन्डिङबाट गायब नाइलनको साडीमा
युटुव ट्रेन्डिङ नम्वर एकमा पुगेका ‘छक्का पञ्जा २’ को नाइलनको साडीमा गीत र ‘ए मेरो हजुर २’ को ट्रेलर ट्रेन्डिङबाटै हराएका छन् । ट्रेन्डिङ नम्वर एकमा पुगेका दुई फिल्मको गीत र ट्रेलर एकाएक ट्रेन्डिङबाट हराएपछि फिल्म वृत्तमा यसको चर्चा सुरु भएको छ भने निर्माण पक्षपनि रनाभुल्लामा परेको छ । पछिल्लो समय युटुव ट्रेन्डिङलाई पनि चर्चा र प्रतिक्षाको मापक मानिन थालिएको छ ।
कसरी हराए त युटुव ट्रेन्डिङबाट ए मेरो हजुर २ को प्रोमो र छक्का पञ्जा २ को नाइलनको साडीमा गीत ? बुझिए अनुसार युटुव ट्राफिकमा गिरावट आएपछि भिडियोहरु ट्रेन्डिङबाट आउट हुने हुन्छन् । भिडियो ट्रेन्डिङमा आउन भ्युज मात्रै सबैथोक होइन । भिडियोप्रति चासो, सेयर तथा सर्च बढी भएमा कुनै पनि भिडियो ट्रेन्डिङमा आउन सक्छन् । उसो त पछिल्लो समय युटुव ट्रेन्डिङलाई चर्चाको मापक मानिएपनि जस्तो सुकै भिडियोहरु ट्रेन्डिङमा आइरहेका छन् । अर्को कुरा यसअघि पनि केही भिडियोहरु रातारात ट्रेन्डिङबाट गायब भएका छन् ।