‘छक्का पञ्जा’ को नाममा थपियो अर्को रेकर्ड
फिल्म ‘छक्का पञ्जा’ ले फेरी अर्को नयाँ रेकर्ड कायम गरेको छ । यो फिल्मलाई युटुवमा एक करोड भन्दा बढी पटक हेरिएको छ । एक करोड पटक हेरिएको सम्भवतः छक्का पञ्जा पहिलो फिल्म हो ।
यो सँगै ‘छक्का पञ्जा’ ले तीन रेकर्ड बनाएको छ । गत साल प्रदर्शनमा आएको यो फिल्म सर्वाधिक व्यापार गर्ने नेपाली फिल्मको तालिकामा पहिलो नम्वरमा छ भने यसमा समावेश गीत ‘पुर्व पश्चिम रेल’ ले पनि युटुवमा एक करोड बढी भ्युअर्स पाएको छ । दिपाश्री निरौला निर्देशित फिल्मले नेपालको सार्वजनिक प्रदर्शनीबाट झण्डै १७ करोडका ग्रस व्यापार गरेको थियो । दिपक राज गिरी र दिपाश्री निरौलाको टिमले बनाएको चौथो फिल्म ‘छक्का पञ्जा २’ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।