भूकम्प प्रभावितको सहयोगार्थ ‘व्वाईफ्रेण्ड’ को विशेष शो
प्रदर्शनको क्रममा रहेको फिल्म ‘व्वाईफ्रेण्ड’ को बिहिबार राजधानीको विएसआर मुभि बिजि मलमा बिशेष शो गरिएको छ । बिशेष शोबाट उठेको केही प्रतिशत रकम फिल्मीजुम फउण्डेशन मार्फत लमजुङ जिल्लाका भुकम्प पिडित बालबालिकाको शिक्षामा सहयोग गर्ने फिल्मीजुम डट कमकी संचालक स्वस्तिका चिलुवालले बताइन् ।
लायन कृष्ण खनालको निर्माण तथा मदन घिमिरेको निर्देशन रहेको फिल्म धनाड्य परिवारका सन्तानको अवस्था देखाइएको छ । सुर्य बुढाथोकीको प्रस्तुती रहेका फिल्म बुढाथोकी व्यानरमा निर्माण भएको हो । फिल्ममा पुष्कर रेग्मी र महिमा सिलवालको मुख्य भुमिका छ ।