गौरव र बिनिताको ‘प्याँ प्याँ र पु पु’ (भिडियो)
निरज आर शाक्यको स्वर रहेको ‘प्याँ प्याँ र पु पु’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गौरव पहारी र बिनिता वली फिर्चड छन् । भिडियो :
शब्द तथा संगीत सागर राजको रहेको गीतमा संगीत समायोजन निरान डंगोल र अविन शाक्यको रहेको छ । गीतमा धर्मा गान्र्धवले सारङ्गी बजाएर साथ दिएका छन् भने मादल बजाएर न्हुछे मुनिकरले साथ दिएका छन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई शिलन लाम्सालले सम्पादन गरेका हुन् । सागर राजको कन्सेप्ट र निर्देशन रहेको गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् ।