कमल थापा छोडेर पशुपति शम्शेर तिर रेखा थापा
नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छिन् । कमल थापाको पाटी छोडेर रेखा पशुपति शम्शेर राणाको नयाँ पार्टीमा प्रवेश गरेकी छिन् । पशुपति शम्शेरले राप्रपा त्यागेर नयाँ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक खोलेका छन् । पशुपति शम्शेरले खोलेको नयाँ पार्टीको ‘लाइन’ मिलेका कारण आफु यसमा आवद्ध भएको रेखाको भनाई छ । रेखा आफ्नो नयाँ फिल्म ‘रुद्रप्रिया’ कात्तिक २ मा ल्याउने प्रचारमा पनि व्यस्त छिन् ।