सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’ कात्तिक १७ मा पक्का
फिल्म ‘फाटेको जुत्ता’ कात्तिक १७ देखि प्रदर्शनमा आउने पक्का भएको छ । छायाँकन सकेर सम्पादनको क्रममा रहेको मल्टी स्टारर फिल्म तोकिएको मिति बाटै दर्शकमाझ आउने निर्माता अर्जुन कुमारले बताए । यो मितिबाट एक दिन वरपर नहुने निर्माताको जिकिर छ ।
निकेश खड्काको निर्देशन रहेको फिल्म ‘फाटेको जुत्ता’ मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया लगायत कलाकारहरुको अभिनय रहेको छ । डार्क कमेडी फिल्म तराई परिवेशको कथामा आधारित छ । फिल्ममा नायिका प्रियंका कार्की हट अवतारमा प्रस्तुत भएकी छिन् ।