मञ्जु र सुरेनको ‘सोल्टीनी’ गीत सार्वजनिक (भिडियो)
लोकदोहोरी गायिका मन्जु वि.क र गायक सुरेन घताङ्गको नयाँ कौरा गीत ‘सोल्टीनी’ सार्वजनिक गरिएको छ । सोमबार पोखरामा एक कार्यक्रमका बिच गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उक्त गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेकी हुन् । भिडियो हेर्नुस् :
ओम फाउण्डेशन नेपाल कास्कीले आयोजना गरेको कार्यक्रमको उद्दघाटन गर्दै उपसभामुख शर्माले लोक संस्कृतिको सम्बद्र्धन विकासका निम्ती प्रदेश सरकारको कानुनमै पारित गरिने बताईन । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी उनले सबै कलाकार प्रदेश सरकारका लागि बराबर भएको उल्लेख गर्दै कलाकारको रोयल्टीका लागि प्रदेश सरकार बाट पनि व्यवस्था गरिने जानकारी गराइन् ।
गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले कौरा गीत नेपालको साँस्कृतिक परिचय भएको उल्लेख गर्दै लोपन्मुख ठाडो भाकालाई पनि संरक्षण गर्न तर्फ अब कलाकार लाग्नु पर्ने बताए । समय अनुसार परिवर्तन हुन जरुरी छ । तर यसको नाममा मौलिकपन लोप हुनुहुदैन । हाम्रो पहिचाननै यहि मौलिक पनमा लुकेको उनले बताए ।
विष्टले प्रदेश सभामा समेत कलाकारको संगीत रोयल्टीका कुरा उठिरहेको जानकारी गराए । ‘गण्डकी प्रदेशको संसद बैठकमा समेत कलाकारको सुरक्षाका लागि संगीत रोयल्टीका कुराहरु उठिरहेको छ, उनले भने, नेपालको संविधानमा एकिन गरेको यातायात नविकरण वा नयाँ यातायातको ब्लुबुक लिँदा संगीत रोयल्टी भौचर पनि पेश गरिनुपर्ने व्यवस्था मिलाउनका लागि प्रदेशमा मैले कुरा राखेको छु ।’
गीतमा निर्देशन प्रकाश भट्टको छ भने सँगीत संयोजन भरत सुनारलेनै गरेका हुन् । गीतको सम्पुर्ण छाँयाकन स्याङ्जाको पित्लेक आरुपाटमा गरिएको हो । राजेश घिमिरेले छाँयाकन गरेको गीतको म्युजिक भिडियोमा सुरेन घताङ्ग सँगै सरिष्मा मगरको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई सुरेन घताङ्गको आफ्नै अफिसियल युटियुब मार्फत सार्वजनिक गरिएको छ ।