८० बढी हलबाट ‘संरक्षण’ रिलिज, प्रेस शोमा मिल्यो यस्तो प्रतिक्रिया
प्रदर्शनको पहिलो दिन, शुक्रबार फिल्म संरक्षण को प्रेस शो गरिएको छ । कमलपोखरीस्थित कुमारी हलमा गरिएको प्रेस शोमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिल्यो । सौगात मल्ल, रमेश रञ्जन, प्रमोद अग्रहरी, कामेश्वरको कामलाई सबैले प्रशंसा गरे । मधेशमा बसेर राजनीति गर्ने राजनीतिक दलको सोच, अवस्था र प्रतिफललाई ‘संरक्षण’ले छर्लङ पारेको छ ।
फिल्म ‘संरक्षण’ झण्डै ८० बढी हलहरुबाट प्रदर्शनमा आएको छ । यो मल्टी स्टारर फिल्मले सोलो (नेपाली) रिलिजको अवसर पाएको हो । निखिल उप्रेती, सौगात मल्ल, रमेश रञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, निर शाह, रमेश बुढाथोकी, श्वेता शाह लगायत कलाकारहरुको अभिनय रहेको संरक्षण सामाजिक तथा राजीनितक विषयमा आधारित छ । नरेन्द्र महर्जन र प्रदीप कुमार उदयको संयुक्त निर्माण रहेको फिल्मलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो । शुक्रबारको प्रेस शोमा निखिल, सौगात, मलिना र अशिष्मा भने सहभागी भएनन् ।
निर्देशक झा, निर्माताद्वाय उदय र महर्जन, सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान, कलाकारहरु राज कट्वाल, सुशान्त श्रेष्ठ लगायत कलाकारहरुले फिल्मको पहिलो शोको प्रतिक्रिया बुझे ।