अनमोल, आकाश र सलिनमा साम्राज्ञीले रोजिन्…!
पहिलो फिल्म ‘ड्रिम्स’ मा युवा स्टार अनमोल केसी सँग स्क्रिन सेयर गरेकी नायिका साम्राज्ञीराज्य शाहले (प्रदर्शनका हिसाबले) दोश्रो फिल्म ‘ए मेरो हजुर २’ मा सलिनमान बनियासँग जोडी बाँधेकी छिन् । अर्को फिल्म ‘तिमी सँग’ मा साम्राज्ञीको जोडीको रुपमा नायक आकाश श्रेष्ठ प्रस्तुत भएका छन् । अनमोल, सलिन र आकाशसँग साम्राज्ञीको केमेस्ट्री आ-आफ्नै प्रकारको छ । साम्राज्ञी आफैंलाई चाहिं कुन नायकसँग आफ्नो जोडी फिट लाग्छ त ?
पहिलो फिल्मको एक्टर अनमोल, राइजिङ स्टारको रुपमा हेरिएका सलिनमान या आकाश ? साम्राज्ञीले अनमोल र आकाशलाई पन्छ्याउँदै सलिनमान रोजेकी छिन् । प्रतिक्षामा रहेको फिल्म ‘ए मेरो हजुर २’ का को एक्टर सलिनलाई आफ्नो ‘वेस्ट पेयर’को रुपमा उनले रोजेकी हुन् । तीन मध्ये आफ्नो जोडी कोसँग सुहाएको जस्तो लाग्छ भन्ने ? रमाइलो छ को प्रश्नमा साम्राज्ञीले ढुक्कासँग सलिनमान बनियाँको नाम लिइन् । के साम्राज्ञीले भनेजस्तै सलिनसँग उनको जोडी जमेको छ त ? प्रोमो हेर्नुस् :
यो थाहा पाउन भदौ १६ सम्म प्रतिक्षा गर्नु पर्ने हुन्छ । उसो त गीत तथा फिल्मको प्रोमोमा साम्राज्ञी र सलिनको क्यामेस्ट्रीलाई रुचाइएको छ । झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर २’ प्रतिक्षामा छ । फिल्ममा साम्राज्ञी र सलिनसँगै सलोन बस्नेत, अनुभव रेग्मी लगायत कलाकारहरुको अभिनय रहेको छ ।