‘द कपिल शर्मा’ शोबाट निकालिए सिद्दु
कश्मिरको पुलवामा भएको आतंक हमलाको टिप्पणी गर्दा नवजोत सिंह सिद्धुलाई ‘द कपिल शर्मा शो’बाट हटाइएको छ ।
हमलापछि पाकिस्तानको सफाई दिदै भनेका थिए, ‘केहि व्यक्तिको कारण पुरै देशलाई दोषी भन्न मिल्दैन । यो कायरपन हो, यसको विरोध म पनि गर्छु । तर जसले हिंसा गरेका हुन उनीहरुलाई सजाय हुनुपर्छ ।’ साथै उनले भनेका थिए, ‘दुई देशबीचको विवाद कुराकानीबाट हल हुन सक्छ ।’
उनको यो जबाफ पश्चात सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । विवाद चर्किदै गएपछि सोनी टिभीले सिद्धुलाई हटाएको हो । सिद्धुले यस विषयमा केहि जबाफ दिएका छैनन्् । भारतिय मिडिया अनुसार सिद्धुको ठाँउमा अर्चना पूरण सिंह देखिने छिन् ।