find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तराईमा बाढी आउँदा दुःखी फिल्मकर्मी, सरकारसँग गरे यस्तो अपिल

देशको पुर्वी क्षेत्रमा गएको बाढीले जनधनमा पुर्याएको क्षतिप्रति फिल्मकर्मीले दुःख व्यक्त गर्दै सरकारलाई तत्काल बाढी प्रभावितको उद्धार तथा थप क्षति हुन नदिन आग्रह गरेका छन् । पुर्वी क्षेत्रमा गएको बाढी बारे सामाजिक सञ्जाल फेसबुकमा शनिबार नेपाली फिल्मकर्मी यस्तो लेखेका छन् ।

तस्बिर : नरेन्द्र श्रेष्ठ

नायिका तथा निर्मात्री, रेखा थापा : बाढि पहिरोको कारण डुबान क्षेत्रमा पर्नु भएका सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र तत्काल उद्वार कार्यलाई तिब्रता दिन सरकार सँग आग्रह गर्दछु ।

निर्माता तथा कलाकार, दिपकराज गिरी : यो दल त्यो दल भनेर खुब लड्यौं । फेरी लड्दै गरौंला । अहिले चाहिं एकजुट भएर यो दैवी प्रकोप विरुद्ध लडौं ।

निर्देशक, आकाश अधिकारी : पहाड चिरिएको छ । तराई डुबेको छ समग्रमा सारा नेपाल रोईरहेको छ यति बेला । यस्तो घडिमा नरुने को नेपाली होला ? स्रोत र साधनको सक्दो प्रयोग गरि यथा शिघ्र जनता बचाउ राज्य यदि जनताको माया छ भने ।

निर्देशक, दिपाश्री निरौला : पुर्व डुबेको देख्दा आफै डुबेको महशुस भैरहेको छ । आउनुस् यो पुर्वको पिडालाई पूरै देशको पिडा सम्झौ…!!!

निर्देशक, निश्चल बस्नेत : सकेको जति सहयोग एक अर्कालाई गरौं ।

कलाकार केदार घिमिरे, माग्ने बुढा : अहिलेसम्म सरकार बाँधको ढोका खोल्न अनुरोध गरेर बसेको छ । यसलाई यत्ति शेयर गर्नुस कि, अनुरोध होइन हप्काएर खोल्न लगाउने अवस्थामा सरकार पुगोस् ।

निर्माता तथा वितरक, प्रदीप कुमार उदय : सरकार तत्काल डुबान क्षेत्रमा उद्वार टोली खटाऊ । जनतालाई सुरक्षित स्थानमा पुराऊ । आज बर्षा, बाढि, पहिरोको कारण जनता समस्यामा छन ध्यान पुराउ सरकार । आज देशको २१ स्थानमा चलचित्र भवनहरू वर्षा, बाढी, पहिरोको कारण बन्द छन् ।

निर्माता तथा कलाकार : पुर्वका तथा तराईका चलचित्रकर्मीहरु यो विपत्ती बारे अभियान सुरु गर्नुस् । फेसबुकमा लेख्नुस्, हामी साथमा छौ । केहि दाताहरु मेरो सम्पर्कमा आउनु भएको छ । मौन नबसौं ।

निर्माता, राजेश घतानी :  मेरो तराइ रोएको छ!!!
१.फोनको प्रयोग फारु गरौ।
२.सकेसम्म बेट्रीवाला रेडियो साथमा राखौ।प्रसासनिक प्रयास थाहा हुन्छ।
३.सफा पानी र खानेकुराको जोहो गरौ।
४.राती पालोगरी आराम गरौ,सचेत रहौ।
५.बृद्ध,अशक्त र बालबच्चालाइ प्रार्था्मिक्ता दिउ।
६.युवा साथीहरु परिस्थिती अनुकुल भए लगत्तै उद्दारमा लागौ।
…..प्रकृति शान्त बनिदेउ!!

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha