नेताप्रति करिश्माको आक्रोश ‘ताल्चा लगाएर घर भित्रै आगो लगाए’
देशको पुर्वी भेगमा आएको बाढीले पुर्याएको क्षतिका कारण यतिबेला सिङ्गो मुलुक शोकमा छ । शोक सँगसँगै नेता तथा सरकारप्रति जनता आक्रोशित छन् । तराई डुबानमा पर्दा समेत बाँध नखोलिदिंदा जनताले सरकारलाई गाली गरिरहेका छन् । यस्तैमा अभिनेत्री करिश्मा मानन्धरले सरकारलाई गाली गर्दै आइतबार बिहान फेसबुकमा स्टाटस पोस्ट गरेकी छिन् ।
‘आदरणीय नेता ज्यु हरुले विगतमा गरेका सन्धिहरु के का आधारमा गरेका होलान ? उहाँहरु को दुरदर्शिता देखेर लाज लागेर आयो । हाम्रो जस्तो भुसंरचना भएको मुलुकले गर्ने सन्धि यस्तो आत्मघाती किसिमको कसरी गर्न सकेको ? यो त घरमा ताल्चा लगएर साँचो फ्याँकेर घर भित्र आगो लगए जस्तै हो । अब आउने दिनमा यस्ता सन्धि जनता ले अनुमोदन गरेपछि मात्र हुनुपर्छ । जय नेपाल !’