find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कान्छी’ मुर्हत : कस्तो होला श्वेता र दयाको केमेस्ट्री ?

बाढी प्रभावितको लागि एक लाख पाँच हजार रुपैयाँ सहयोगको घोषणा गर्दै नायिका तथा निर्मात्री श्वेता खड्काले फिल्म ‘कान्छी’ को मुर्हत गरेकी छिन् । आकाश अधिकारीले निर्देशन गर्ने फिल्ममा अभिनेता दयाहाङ राई कान्छी अर्थात् श्वेताको अपोजिटमा प्रस्तुत हुनेछन् । भदौको २ गतेदेखि छायाँकन सुरु हुने कान्छी माघको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । कस्तो होला त श्वेता र दयाको केमेस्ट्री ?

सोमबार मन्दिर पुजापछि गरिएको मुर्हत कार्यक्रममा अभिनेता राईले भने, ‘यो टिमसँग आवद्ध हुन पाउनु नै मेरो भाग्यको कुरा हो । हामी सबैजना इमान्दार भएर काम गर्छौ । फिल्म राम्रो बन्छ भन्ने विश्वास छ ।’ यस्तै निर्मात्री तथा अभिनेत्री श्वेताले कान्छीलाई सबैले साथ दिने आशा व्यक्त गरिन् । ‘लामो समयपछि कान्छी भएर आएको छु सबैले आफ्नो कान्छी सम्झेर साथ र सहयोग दिनुहुन्छ भन्ने आशा लिएको छु’, उनले भनिन् । सेतो गाउनमा सजिएकी श्वेताले आफुलाई अगाडी बढ्न साहस दिने सबैलाई धन्यवाद समेत दिइन् । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि श्वेताले पहिलो पटक कान्छी बनाउन लागेकी हुन् । श्रीकृष्ण र श्वेताको निर्माण तथा अभिनय रहेको ‘कोहिनूर’ले दर्शकको मन जितेको थियो ।


यता निर्देशक आकाश अधिकारीले फिल्म कोहिनूर को इन्डक्ल्यापको दिन सम्झिए । इन्डक्ल्यापको दिन हामी सबै जना रोएका थियौं, निर्देशक अधिकारीले भने, हामी सबै टिम छौं तर श्रीकृष्ण जी हुुनुहुन्छ । उहाँलाई हामी सम्झिरहनेछौं । याम थापाको स्क्रिप्ट, पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्ममा शम्भुजित बाँस्कोटा, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत रहनेछ ।


कालाकारहरुमा श्वेता र दयाहाङसँगै निर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहनेछ । माघ २९ गतेदेखि रिलिज हुने फिल्मको यही भदौ २ गतेदेखि छायाँकन सुरु हुनेछ । कान्छीको छायाँकन मनाङ, मुस्ताङ र पोखरा लगायत राजधानीका सुन्दर दृश्यमा छायाँकन हुनेछ । फिल्मको प्रोडक्सनको जिम्मेवारी अरुण रेग्मी र दिलिप पन्तको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha