‘पल्लाघरे काका’को गफले बिग्रिए गाँउका ठिटा (भिडियो)
गायक सागर आले मगरको स्वर रहेको ‘पल्लाघरे काका’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा वर्षा राउत, सुरबीर पण्डित, राम्बो अधिकारी फिर्चड छन् । गीतको भिडियो हेर्नुस् :
गाउँका अल्लारे युवा र गाउँका गफाडी काकाको संवादले दर्शकलाइ रमाइलो बनाउने छ । राम्बो अधिकारीको शब्द रचना रहेको गीतमा टिका दाहालले संगीत भरेका छन् । संगीत समायोजन विकाश गुरुङको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गीतमा गम्भिर बिस्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।