‘ग्याङस्टर ब्लुज’ प्रिमियर, हेर्नुस् फोटो फिचर
आशिरमान देशराज जोशी र आना शर्मा स्टारर फिल्म ‘ग्याङस्टर ब्लुज’ को बुधबार चावाहिलस्थित केएल टावरमा प्रिमियर गरिएको छ । हेमराज विसी निर्देशित फिल्मको प्रिमियरमा खचाखच पाहुन थिए । निर्माता सरोज न्यौपाने, सिनेम्याटोग्राफर शैलेन्द्र डि.कार्की, कलाकारहरु संयम पुरी र रोजिशा शाही ठकुरी लगायत टिमका अन्य सदस्यहरु प्रिमियरमा उपस्थित थिए । फिल्म यही शुक्रबार, भदौ २ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।
अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापा दम्पत्ती, अभिनेता रमेश उप्रेती, निर्देशक निश्चल बस्नेत, सुदर्शन थापा, नायक आयुष्मान देशराज, नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का, रिमा विश्वकर्मा, आश्मा डिसी सहित दर्जन बढी फिल्मकर्मी ‘ग्याङस्टर ब्लुज’ को प्रिमियरमा उपस्थित थिए । प्रिमियरमा सहभागीले आफुलाई फिल्म मन परेको प्रतिक्रिया दिए । ‘ग्याङस्टर ब्लुज’ प्रिमियरका झलकहरु तस्बिरमा हेर्नुस् :