तैमूरको ट्रोल बनाउनेलाई करिनाको यस्तो जवाफ
–एजेन्सी
सामाजिक सञ्जालमा तैमूर अली खान ट्रोल भएपछि बलिउड अभिनेत्री करीना कपूरले ट्रोलको जवाफ दिएकी छन् । सामाजिक सञ्जालमा तैमूरलाई हेर्दा भोकले मर्न लागेको जस्तो देखिन्छ भन्ने ट्रोल बनेको थियो ।
करीना फिल्म ‘वीरे दि वेडिंग’मा व्यस्त भएपछि यस्तो ट्रोल बनेको थियो । उनलाई बेमत्लबी आमाको ट्याग समेत दिइएको थियो । यसको जबाफमा करीनाले भनिन्, ‘अहिले तैमूर भोकले मरेको छैन । वास्तवमा मलाई लाग्छ, ऊ अहिले ज्यादा खाई रहेको छ । मोटो देखिएको छ ।’
अभिनेता सैफ अली खानसँग विवाह गरेपछि करीनाले पापराज्जी बढेकोमा चिन्ता व्यक्त गरिन् ।
उनले आश्चर्य जनाउदै भनिन्, ‘मेरो दुई वर्षको छोरा तैमूरको जिन्दगीमा यति धेरै रुचि राख्नु हुन्छ । तैमूरले के खान्छ, कस्तो लाउँछ । यहाँसम्म कि उसको गुडिया समेत बनेको छ । तैमूरलाई लगातार मिडियाले फलो गरेका छन् । उसको स–सानो कुरा पनि मिडियामा आइहाल्छ ।’