अनुरागको सक्रियातामा सुन्तलीलाई सहयोग
बाढी प्रभावित क्षेत्रमा खटिएका धुर्मुसलाई कलाकार अनुरागमान कुँवरले सहयोग जुटाएका छन् । अनुरागको सक्रियतामा धुर्मुस सुन्तली फाउण्डेशनलाई साढे दुई लाख रकम र लत्ताकपडा सहयोग गरिएको हो ।
बुधबार नयाँ बानेश्वरको धुर्मुस सुन्तली कार्यालयमा नेपाल हस्तकला शिक्षा उद्योगले डेढ लाख र लत्ताकपडा कुञ्जना घिमिरे सुन्तलीलाई हस्तान्तरण गरे । अनुरागले एकाउन्न हजार दिए । हल सञ्चालक सुमित मैनालीले पनि ५१ हजार दिए । नमुना नेपाल निर्माणमा जुटेका धुर्मुस सुन्तली यतिबेला बाढी प्रभावितको उद्धारमा लागेका छन् ।