find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सेन्सर वोर्ड खारेजीको माग, ‘सेल्फ सेन्सरसिप’को बहस

नेपाल चलचित्र संघले ‘चलचित्र र सेन्सर विषय’मा अन्तरक्रिया कार्यक्रम चलाएको छ । अन्तरक्रियामा सहभागी अधिकांशले चलचित्र जाँच पास समिति ‘सेन्सर वोर्ड’ खारेजीको माग गर्दै सेल्फ सेन्सर सिपको माग गरेका छन् । चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले अन्तरक्रियाबाट आएको निष्कर्शलाई संकलन गर्दै केही सातामै सेन्सर बोर्ड हटाउन माग गरिने बताए ।


चलचित्र संघका नि.वर्तमान अध्यक्ष नकिम उद्धिनले फिल्म सेन्सर गर्न पनि मार्गदर्शनको आवश्यकता औल्याए । सेन्सर वोर्ड समय सापेक्षी नभएको बताउँदै सेन्सर बोर्ड माथि चलचित्र विकास वोर्ड हावी भएको समेत आरोप लगाए । ‘सेन्सर वोर्ड किन स्वतन्त्र भएन, सेन्सर वोर्डमा चलचित्रकर्मी किन भएनन ?’, उनले प्रश्न उठाए । सेन्सर वोर्डमा चलचित्र संघको प्रतिनिधि अनिवार्य हुनुपर्ने माग राख्दै सेन्सर समितिमा पनि सदस्य ठुलो भएकाले सानो बनाउनु पर्ने बताए ।


यस्तै किम्फ अध्यक्ष बसन्त थापाले ‘सेल्फ सेन्सरसिप’मा जोड दिए । सेन्सरले पञ्चायतको विरासतलाई निरञ्तरता दिएको भन्दै उनले भने, ‘सेन्सर भन्दा पनि सर्टिफिकेट दिउँ । अरु कुनै सञ्चारका माध्यममा सेन्सर छैन, स्वतन्त्र अभिव्यक्ति माथि चाहिं किन सेन्सर ?’ यता वरिष्ठ सञ्चारकमर्की कणकमणी दिक्षितले सेन्सर बोर्डको अर्थ नै नरहेको बताए । ‘सेन्सरले अर्थतन्त्र र सृजनशीलतालाई हिर्काइरहेको छ, दिक्षितले भने, हाम्रो समाज खुला कि बन्द ? सेन्सर हावी हुँदा समाज कसरी खुला हुन सक्छ ?’


निर्देशक नविन सुब्बाले फिल्म फेस्टिभवलमा जस्तै फिल्मलाई पनि सेन्सर गर्न नहुने माग राखे । यसमा चलचित्रकर्मी एकजुट हुने पर्ने औंल्याए । ‘हाम्रो सृजनाको हामीले किन जाँच दिइरहनुपर्ने, अरु क्षेत्रलाई नपर्ने हामीले किन पर्ने ? उनले प्रश्न गरे । कलाकार संघको महासचिव सरिता लामिछानेले सेल्फ सेन्सरसिप हुनुपर्ने धारणा राखिन् । समाजलाई देखाउन मिल्ने फिल्म बनाउँ, सेन्सर नै गर्नु पर्दैन, सरिताले भनिन् । निर्माता माधव वाग्लेले राष्ट्रियता जस्ता बाहेक अन्य फिल्महरुलाई सेन्सर गर्नु नपर्ने धारणा राखे । आफ्ना फिल्म सेन्सर गर्नु पर्दा निकै दुःख पाएको अनुभव सुनाउँदै निर्माता वाग्लेले सेन्सरमा फिल्मकर्मीले नै अप्ठ्यारो पारेको बताए ।


निर्देशक निश्चल बस्नेतले व्यक्तिको चाहनालाई खुला छोड्दै सेन्सरमा नीति नियम हुनुपर्ने बताए । उनले भने, ‘हामीले दर्शकलाई पनि बुझाउन पनि सकेका छैनौं । सेन्सरपछि त्यसको अवलोकन कसले गर्ने ?’ निर्माता केशव भट्टराई र निर्देशक गणेशदेव पाण्डेले पनि सेन्सर वोर्डको औचित्य नरहेको बताए । सेन्सर वोर्डका सदस्य प्रकाश सुवेदीले समेत सेन्सर वोर्डको औचित्य नरहेको औंल्याए । निर्माता तथा विकास वोर्ड सदस्य नरेन्द्र महर्जनले सेन्सरपछि आउने झमेलाको जिम्मेवारी कसले लिने भनेर प्रश्न उठाए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha