सप्तरीका बाढी प्रभावितलाई महको मल्हम
चलचित्र कलाकार संघको संयोजकत्वमा सप्तरी जिल्लामा पर्ने रामपुरा क्षेत्रका बाढी प्रभावित मुसहरलाई राहत वितरण गरिएको छ । बरिष्ठ कलाकारद्वाय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट आइतबार करिब दुई सय परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।
महासविच सरिता लामिछानेको संयोजकत्वमा त्यहाँ पुगेको कलाकारको टोलीले बाढी प्रभावित एक एक मुसहर परिवालाई दुई सातासम्म पुग्ने खाद्यन्न, झुल, मण्डि तथा अन्य लत्ताकपडा वितरण गरे । कलाकारको टोलीमा मह जोडी, महासचिव लामिछाने, लक्ष्मी गिरी, शिवहरी नेपाल,कविता शर्मा, बर्षा राउत, कुशल थापा लगायत थिए ।
कलाकारहरुको राहतसँगै डा.रविन्द्र पाण्डेले फ्रि हेल्थ क्याम्प समेत चलाए । सप्तहरीमा आएको बाढीका कारण एक लाख भन्दा प्रभावित भएका छन् चार जनाको निधन भएको छ भने एक जना घाइते भएको सिडियो कार्यालयले जानकारी दिएको छ । भिडियो हेर्नुस् :