जन्मदिनमा आर्यनले भने, ‘रेखा राम्रो मान्छे’
नायिक रेखा थापाले भदौ ५ गते आफ्नो जन्मदिन मनाएकी छिन् । जन्मदिनको साँझ रेखाले आफ्ना नजिकका आफन्त, साथी भाई र सञ्चारकर्मी माझ जन्मदिन मनाएकी हुन् । जन्मदिनमा रेखा र नार्यन सिग्देलको जोडी सबैको नजरमा पर्यो ।
‘रेखा व्यक्तिगत र व्यावसायिक दुवै रुपमा राम्रो मान्छे हो’, जन्मदिनको शुभकामना दिदैं आर्यनले भने, ‘यो सम्बन्ध यसरी नै कायम रहोस् ।’ उनले आफुले चाहेको सफलता पाउने एकमात्र व्यक्ति रेखा थापा रहेको समेत बताए । आठ वर्षपछि रेखा र आर्यनले अभिनय गरेको फिल्म ‘रुद्रप्रिया’ कात्तिक २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
रेखाको जन्मदिनमा उनकी आमा, नृत्य निर्देशक गोविन्द राई, नायक आर्यन अधिकारी, नायिका सुस्मा कार्की, निर्देशक सम्झना रौनियार, निर्माता निकिता पौडेल, आर्यन पत्नी सपना भण्डारी लगायत उपस्थित थिए । ‘जन्मदिनमा मलाई शुभकामना दिने र यहाँ आएर हौसला दिने सबैलाई धन्यवाद ।’ भदौ ५ बाट रेखा ३४ वर्षमा लागेकी छिन् ।