find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कसरी बन्यो ‘२ रुपियाँ’ ?, पढ्नुस् यो कथा

भाद्र २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘२ रुपैयाँ’ अहिले चर्चामा छ । छोटो समयमै युटुवमा एक करोड भ्यु कटेको ‘कुटुमा कुटु’ गीत यतिबेला चर्चामा छ । कसरी बन्यो त दुई रुपियाँ ? छोटो कथा पढ्नुस् :

२०७० मा ‘कर्कश’ फिल्मको प्रदर्शनको लगत्तै नै त्यो फिल्मका निर्देशक तथा हाल ‘२ रुपैयाँ’ का कथाकार तथा कलाकार आशिफ शाहले ‘२ रुपैयाँ’ को खाका तयार गरिसकेका थिए । नेपालको तराइ भूभागमा कम रकमको नोटको पृथक नम्बरलाई प्रयोग गरी कारोबार गरिने कुरा शाहले सानै उमेरदेखि नै सुन्दै आएका थिए । त्यही तरिकालाई कथामा गाँसेर एउटा हास्यप्रधान चलचित्र बनाउँदा कस्तो होला भनेर उनले आफ्ना भाइ तथा चलचित्रका निर्देशक असिम शाहसँग सल्लाह गरे । असिम शाहले यस्तो कथामा रोमान्च र द्वन्द्व उत्कृष्ट रूपले देखाउन सकिने कुरामा विश्‍वास राखे पछि ‘२ रुपैयाँ’ को लेखन कार्य सुरु भएको थियो । आशिफ शाह भन्छन्, ‘कर्कश चलचित्रको प्रदर्शन पछि केही समयलाई छुट्टी लिन्छु भनेर लिएको समयमा नै मेरो दिमागमा २ रुपैयाँको कथा आएको हो । भाइसँग सल्लाह गरेँ । उसले पनि सहमति जनाए पछि हामीले निर्देशन भाइले गर्ने र मैले निर्माण सम्हाल्ने कुरा ठहर गर्‍यौँ ।’ फिल्मको केन्द्रीय कथा सार आशिफ शाहले निर्देशक तथा कलाकार निश्‍चल बस्‍नेतसँग भेटेर सुनाए पछि उनीलाई नै यो चलचित्रको निर्माणमा संलग्न हुने आग्रह गरे । बस्‍नेतको निर्माण कम्पनि ब्ल्याक हर्स र शाहको निर्माण कम्पनि जि टु वान पिक्चर्सले मिलेर नै ‘२ रुपैयाँ’ को निर्माण गर्ने घोषणा गर्‍यो । घोषणा लगत्तै नै चलचित्रकर्मीहरू माझ यो चलचित्रको चर्चा चल्न सुरू भइसकेको थियो ।  निश्‍चल बस्नेत भन्छन्, ‘आशिफ दाइले कथा सुनाउने बित्तिकै नै मैले आफूलाई जुरेलीको पात्रमा देखेँ । यदि मैले अभिनय गर्ने हो र प्रमुख पात्र नै बनेर अभिनय गर्ने हो भने म यस्तो खालको पात्र खेल्छु भन्ने सोच मेरो पहिल्यै नै थियो । दाइले त्यो पात्रका बारेमा सुनाउने बित्तिकै नै म अभिनय र निर्माण दुबैका लागि हौसिएँ ।’ कथाकार आशिफ शाहले चलचित्रको लेखनको सिलसिलामा नै सह-लेखकहरूमध्ये एकको भूमिका निर्वाह गर्न निर्देशक असिम शाहलाई अनुरोध गरे । फिल्मको लेखन कार्यदेखि नै यसरी संलग्न भए पछि निर्देशक असिम शाहले पात्र, चरित्र, कथाको मोड र कथाको गतिलाई पूर्ण आत्मसात गरे । निर्देशक असिम शाह भन्छन्, ‘यो फिल्ममा निर्देशकको मात्र भूमिका भइदिएको भए सायद मैले एक्सन र कट् बाहेक अरू केही गर्नु पर्दैनथ्यो होला । तर जुन समयदेखि २ रुपैयाँको जरा गाडिएको थियो, म त्यही बेलादेखि नै यसमा मल(जल गर्दै छु । त्यसैले यसमा मेरो मिहिनेत र लगनमात्र जोडिएको छैन, मेरो भावना र अन्तरङ्ग पनि जोडिएको छ ।’

कलाकार बुद्धि तामाङ र विशेष भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्का यो चलचित्रसँग आबद्ध हुनुको पनि आफ्नै छुट्टै रमाइलो प्रसङ्ग छ । फिल्ममा असईको भूमिकामा को रहने भनेर ‘२ रुपैयाँ’ को टोलीले खोजी गरिरहेकै थियो । कलाकार बुद्धि तामाङलाई कथा सुनाइए पछि उनी असईको भूमिकामा आफू ठीक हुन्छु होला त भन्ने कुरामा शङ्का गरिरहेका थिए । बुद्धि तामाङ भन्छन्, ‘आशिफजीले कथा सुनाउन्जेल पनि म आफू कुन चैँ भूमिकामा ठीक हुन्छु होला त भन्ने कुरा सोच्दै थिएँ । कथा भन्दै जानुभो, म सुन्दै गए । आफू कुन पात्रमा हुन्छु भन्ने सोचै आएको थिएन । अनि कथाको अन्त्य सुनाउनु भयो – साह्रै नै मजा लाग्यो । अनि आफैँ प्रश्‍न गरेँ – के मैले असईको भूमिका गर्ने हो ।’ त्यसै गरी ‘कुटुमा कुटु’ गीतका लागि को अभिनेत्री ठीक होला त भन्ने सोचमा थियो ‘२ रुपैयाँ’ टोली । केहि अभिनेत्रीहरूसँग कुरा पनि चलिरहेकै थियो । फिल्मको छलफलको क्रममा नै कलाकार आशिफ शाहले निश्‍चल बस्नेतलाई आग्रह गरे, ‘घरमै मान्छे हुँदा-हुँदै हामी किन बाहिर खोज्दै छौँ ? स्वस्तिमा भए भए हुन्न र ?’ निश्‍चल बस्नेतलाई यो प्रस्ताव ठीक हो जस्तो लाग्यो र स्वस्तिमा खड्कासँग कुरा अगाडि बढ्यो । निश्‍चल बस्नेत र स्वस्तिमा खड्काको जोडीले पनि गीतलाई चर्चा तिर डोर्‍याउन धेरै मद्दत गरेको छ । निर्देशक असिम शाह भन्छन्, ‘चलचित्र २ रुपैयाँ कस्तो छ भन्ने प्रश्‍नको उत्तर सजिलो छ । हामीले यो चलचित्र मनैदेखि बनाएका हौँ । यसमा देखा पर्ने साना पात्र निर्वाह गर्ने कलाकारहरूले पनि धेरै नै मिहिनेत गर्नुभएको छ । समग्रमा फिल्म मनोरन्जनात्मक बनेको छ । भदौ २३ देखि उता सिनेमाघरमा आउने दर्शकलाई भरपूर मनोरन्जन दिएरै पठाउनेछौँ भन्ने वाचा मेरो छ ।’  प्रोमो हेर्नुस् : 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha