जब अनमोलले अमेरिकामा पिता सामु घुँडा टेके
हालै अमेरिकाको कोलोराडोको डेनभर सहरमा सम्पन्न दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड युवा स्टार अनमोल केसीले आफ्नो छुट्टै पहिचान छोड्न सफल भएका छन् । ‘स्टार अफ दि इयर’ अभिनेताको अवार्ड पाएका अनमोललाई पिता भुवन केसीले ट्रफी दिएका थिए । त्यसपछि अनमोलले के गरे त ?
अनमोलले उत्कृष्ट्र अभिनेताको अवार्ड पिताबाड घुँडा टेक्दै लिएका थिए । अनमोलको यस प्रकारको अवार्ड लिने तरिकाको सबैले प्रशंसा गरेका । नयाँ फिल्म ‘कृ’ को छायाँकनमा रहेका अनमोलले ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’ गरी लगालग तीन हिट फिल्महरु दिएका छन् । नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसीको प्रमुख आतिथ्यता र नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको विशेष आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा दजर्शन बढी कलाकार्मी उपस्थित थिए । भुवन केसी, अनमोल केसी, दिपाश्री निरौला, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको उपस्थितिले अवार्ड समारोको सोभा बढेको थियो ।