वीरताको गाथा ‘नालापानी’ बन्ने
फिल्म ‘नालापानिमा’ बन्ने भएको छ । शुक्रवार राजधानीमा प्रेसमिट २०३ वर्ष पहिले नालापानिमा नेपली फौज र अंग्रेजी फौज बिच भएको युद्धमा आधारित भएर फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।
‘नालापानी’ मा अर्जुन जंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, विशाल पहाडी, गीता अधिकारी लगायतको अभिनय रहनेछ । फिल्मको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् । अंग्रेज फौजले नेपाललाई आफ्नो कब्जामा लिन खोज्दा गोर्खालीले देखाएको बहादुरी नै फिल्मको मुख्य कथावस्तु हो । त्यस बेला बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग लडाई लडेको थियो । नालापानिमा भएको त्यस युद्धको इतिहासलाई अहिलेका तथा पछिका पिडीलाई जानकारी गराउने उद्धेश्यले निर्माण गर्न लगिएको उक्त फिल्मलाई रिमेश अधिकारीले निर्देशन गर्न लागेका हुन्। ’पदमा कुमारी फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त फिल्ममा मनोज शाक्यको लगानी रहेको छ ।