मलिनामाथि अनुपको जर्बजस्ती !
पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी र नायक अनुपविक्रम शाही बिच ब्रेकअप भएको लामै समय भैसकेको छ। तरपनि यो ब्रेकअप जोडीले एकसाथ स्क्रिन भने सेयर गरेका छन् । मलिना र अनुपले एकसाथ अभिनय गरेको फिल्म ‘रानी’ उनीरुले प्रचार प्रसार समेत सुरु गरेका छन् । फिल्मको प्रदर्शन मिति भने तय हुंन बाँकी छ । कात्तिक २ गते प्रदर्शनमा आउने चर्चा भएपनि पक्का भने छैन ।
‘रानी’ प्रचार प्रसारको क्रममा मलिना र अनुपले सामाजिक सञ्जालमा एक अनौठो तस्बिर सेयर गरेका छन् । जुन तस्बिरमा अनुपले मलिनाको हात तानिरहेका छन् । मलिना अनुपतिर जान मानिरहेकी छैनन् । यो तस्बिरमा मलिनामाथि अनुपले जर्बजस्ती गरेर आफुतिर आकर्षण गरे जस्तो देखिन्छ । किन गरे त मलिनालाई अनुपले जर्बजस्ती ? दयाराम दाहाल निर्देशित फिल्ममा मलिना र अनुपसँगै शारुख ताम्रकार र मनिष श्रेष्ठको महत्वपूर्ण भूमिका छ ।