सञ्चार मन्त्रालयका सह-सचिव विकास वोर्डका अध्यक्ष
चलचित्र विकास वोर्डको अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्त भएका छन् । सुचना तथा संचार मन्त्रालयका सह-सचिव रामचन्द्र ढकाल वोर्डको अध्यक्ष पदमा नियुक्त भएका हुन् ।
सह-सचिव ढकाल विकास वोर्डको पुर्णकालिन अध्यक्ष पदमा नियुक्ती भने भएका होइनन् । अर्को अध्यक्ष नआउँदा सम्मका लागि कायम यममुका अध्यक्षका रुपमा नियुक्त भएका हुन् । बुझिए अनुसार एक निर्माता विकास वोर्डको अध्यक्षको रुपमा आउँदैछन् । राजकुमार राईको दुई वर्षे कार्यकाल सकिएपछि गत भदौ जेठ २४ गतेदेखि वोर्डको अध्यक्ष पद रिक्त थियो ।