‘पूर्ण बहादुरको सारंगी’ पहिलो सातामै ब्लकबस्टर बन्यो
फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को पहिलो सातामै ब्लकबस्टर सावित भएको छ । फिल्मले सात दिनमा ८ करोड २५ लाख रूपैयाँको ग्रस कलेक्सन गर्दै किर्तिमानी व्यापार गर्न सफल भएको हो ।
फिल्म निर्माण कम्पनीले बिहीबार फिल्मले गरेको पहिलो साताको ग्रस कलेक्सन सार्वजनिक गरेका हो । लक्ष्मीपूजा, गत बिहिबारदेखि प्रदर्शनमा आएको फिल्मले देशभरका ८९ वटा हलका ३८० भन्दा बढी शोमा प्राप्त गरेको त । फिल्म प्रदर्शन भएको तेश्रो दिनदेखि हलमा दर्शक उर्लिएका हुन् । अभिनेता विजय बरालको शिर्ष भूमिका रहेको फिल्म हेर्न बिहानैबाट राती अबरसम्मका शोहरु हाउसफूल भैरहेका छन् ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय सँगै प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरूङ, अलिशा बास्तोला, स्वयम केसी लगायत कलाकारहरूको अभिनय छ । फिल्मको संवाद महेश दवाडीले लेखेका छन् । फिल्ममा प्रशान्त सिवाकोटी र आशिष अविरलले संगीत दिएका छन् ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।