कतारमा ‘रोमियो’, इदमा हेर्ने हो ?
इदको अवसर पारेर फिल्म ‘रोमियो’ कतारमा रिलिज हुने भएको छ । आउँदो शनिबार र आइतबार त्यहाँको ग्रान्ड मलमा शो गरिने निर्माता तथा नायक हसनराजा खानले बताए । हसन हाल कतारमा छन् ।
शंकर कार्कीको निर्देशन रहेको फिल्म ‘रामियो’ मा हसनसँगै नायिका निशा अधिकारी र ओसिमा बानुको मुख्य भूमिका रहेको छ । फिल्मको टिजर सहित दुई वटा गीतहरु रिलिज भैसकेका छन् । फिल्मको ल्यागं ल्यागं बोलको गीत युवा पुस्तामा हिट छ । ‘रोमियो’ को प्रदर्शन मिति कात्तिक १७ गतेलाई तोकिएको छ । फिल्मको सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य सकिएको छ ।