‘ए मेरो हजुर २’ लाई चिठ्ठै चिठ्ठा
शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर २’ लाई चिठ्ठै चिठ्ठा परेको छ । सोलो रिलिज भएर सर्वाधिक हल पाएको फिल्मले सार्वजनिक बिदा पनि सर्वाधिक नै पाएको छ । आइबार इस्लाम धर्मालम्वीको पर्ब वकर इदको अवसरमा सरकारले बिदा दिने निर्णय गरेपछि फिल्मलाई सर्वाधिक धेरै मात्रामा बिदा परेको हो ।
शनिबार र आइतबार सँगै भदौ २० गते ईन्द्र जात्रा र २२ गते निजामती कर्मचारी दिवस परेको छ । यसमा पनि सरकारी बिदा पर्छ । सार्वजनिक बिदाको हिसाबले ए मेरो हजुर २ लाई चिठ्ठा नै परेको छ । सार्वजनिक बिदामा स्वतः दर्शकको संख्या हलमा बढी हुन्छ । अझ प्रतिक्षामा रहेका फिल्ममा त सार्वजनिक बिदाको दिन दशैं सरह हुन्छ । सलिन र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :
अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ मा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको गीत संगीतले निकै नै चर्चा पाइरहेको छ ।