आमा बनेपछि के गर्दैछन् अरुणीमा, ऋचा र रेजिना ?
एक समय अरुणीमा लम्साल, ऋच घिमिरे र रेजिना उप्रेतीको व्यस्तता राम्रै थियो । बिहे पश्चात भने यी तीनै हिरोइनको व्यस्तता सेलायो । आमा बनेपछि त उनीहरु घरायासी काजकार्यमै व्यस्त बने । अहिले कहाँ के गर्दैछन् त रेजिना, ऋचा र अरुणीमा ?
हाल यी तीन वटै हिरोइनहरु अमेरिकामा छन् । रेजिना भर्खरै त्यहाँ पुगेकी हुन् । ऋचा र अरुणीमा ग्रिन कार्ड होल्डर हुन् । बेला खबत अमेरिकामा पनि कलाकारहरु आपसमा जमघट गरेर रमाइलो गर्ने गर्दछन् । सामाजिक सञ्जालमा उनीहरु सक्रिय छन् । अमेरिका पुगेपछि रेजिनाले भेटघाटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ऋचाको तीन, अरुणीमा र रेजिनाको एक एक सन्तान छन् । के अब उनीहरु फिल्मको अभिनयमा फर्किएलान् ?