अभिनेता सरोज खनाललाई पत्थरी, अस्पताल भर्ना
अभिनेता सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भएपछि अभिनेता खनाल बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका हुन् । उनको त्यहाँ उपचार भैरहेको छ । पारिवारिक श्रोतले बताए अनुसार खनालको सोही अस्पतालमा अप्रेशन हुनेछ । अभिनेता खनालको अप्रेसन सफल होस्, शिघ्र स्वास्थ्य लाभाको कामना !