यसरी हाने लाउरेले ‘२ रुपैयाँ’ मा र्याप (भिडियो)
फिल्म ‘२ रुपैयाँ’ को ओएसटी रिलिज भएको छ । सार्वजनिक ओएसटीमा रोहित शाक्यको संगीत, आशिष राना लाउरे र एड्रेको र्याप छ । भिडियोमा फिल्मका मुख्य दुई पात्रहरु निश्चल बस्नेत र आशिफ शाह पनि फिचरिङ छन् । भिडियो हेर्नस् :
अशिम शाहको निर्देशन रहेको फिल्म दुई रुपैयाँ आउँदो शुक्रबार, भदौ २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा निश्चल र आशिफ सहित बुद्धि तामाङ, मेनुका प्रधान लगायत कलाकारहरुको अभिनय छ । फिल्मको कुटुमा कुटु बोलको गीत सर्वाधिक हिट भैरहेको छ । गीतको संगीत राजनराज सिवाकोटीले दिएका हुन् ।