मिलन चाम्स पुगे पुलिस स्टेशन (भिडियो)
आइतबार बिहानै फिल्म ‘बीर बिक्रम २’ का निर्माता तथा निर्देशक मिलन चाम्स महानागरिय प्रहरी प्रभाग टेकु पुगेका छन् । मेमे नेपाल नामक युटुव च्यानल तथा पेजले आफ्नो फिल्म र कलाकारलाई अपमान गरेका भन्दै चाम्स महानगरिय प्रहरी प्रभाग पुगेका हुन् । उनले उजुरी भने शुक्रबार नै दिएको बताए । अभियुक्त फरार भएकाले पक्राउ पुर्जी समेत भैसकेको बताए । उनले अभियुक्त विरुद्ध एक करोड सम्मको क्षतिपुर्ति माग गरेको मिलन चाम्सको भनाई छ । हेर्नुस् पुरा भिडियो :