‘मिस्टर झोले’ मा ‘ओखती’ लाउँदै दयाहाङ (नयाँ गीत)
फस्ट लुक्स पश्चात् फिल्म ‘मिस्टर झोले’ को पहिलो गीत रिलिज भएको छ । ‘ओखती’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत, शब्द तथा स्वर छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा दयाहाङ राई, दिया पुन र प्रविण खतिवडा फिचरिङ छन् । भिडियो हेर्नुस् :
रामबाबु गुरुङको स्क्रिप्ट, लेखन तथा निर्देशन रहेको फिल्म ‘मिस्टर झोले’ पुष २८ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । शैलेन्द्र डि.कार्की सिनेम्याटोग्राफर रहेको फिल्मलाई नेमिस श्रेष्ठले सम्पादन गर्दैछन् । मिस्टर झोलेमा दया, दिया र प्रविणसँगै पुष्कर गुरुङ, बुद्धि तामाङ। विजय बराल, अरुणा कार्की, कमलमणी नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनले निर्माण गरेको हो ।