शुक्रबार आक्रमक ‘ए मेरो हजुर २’ (भिडियो)
अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ ले प्रदर्शनको पहिलो दिन आक्रमक व्यापार गरेको छ । मल्टिप्लेक्स तथा एकल दुवै पर्दामा दर्शकको चाप उच्च रहेको वितरक तथा निर्माताले बताएका छन् ।
‘शुक्रबारको व्यापारको हिसाब आएको छैन तर देशका अधिकाशं हलहरु हाउसफूल भएका छन्’, निर्माता सुनिल कुमार थापा भन्छन्, ‘हलमा आएका दर्शकले फिल्म रुचाएका छन् । यसमा हाम्रो टिम धेरै नै खुसी छ ।’ सोलो रिलिजको मौका पाएको ‘ए मेरो हजुर २’ करिब ९० वटा हलहरुमा प्रदर्शनरत छ । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । बहुप्रतिक्षित फिल्म ए मेरो हजुर २ लाई प्रिमियरमा यस्तो मिलेको थियो । यो रमाइलो भिडियो हेर्नुस् :