‘२ रुपैयाँ’ को सुपारी दानालाई दुई करोड
फिल्म ‘२ रुपैयाँ’ को गीत ‘कुटुमा कुटु’ ले युटुवमा दुई करोड भ्युअर्स पाएको छ । अपलोड भएको दुई महिनामै कुटुमा कुटले दुई करोड भ्युअर्स पाएको पाएको हो । छोटो समयमा यति धेरै भ्युअर्स पाएको यो नै पहिलो गीत हो । राजनराज सिवाकोटीको संगीत, शब्द तथा स्वर रहेको गीतमाा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह र बुद्धि तामागं नाचेको गीतको भिडियो हेर्नुस् :
अशिम शाहको निर्देशन रहेको फिल्म ‘२ रुपैयाँ’ आउँदो शुक्रबार भदौ २३ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । फिल्ममा निश्चल, आशिफ, बुद्धिसँगै टिका पहारी, मेनुका प्रधान, राजन इशान लगायत कलाकारहरुको अभिनय रहेको छ ।