सफल उपचारपछि घर फर्के सरोज खनाल
मृगौलामा पत्थरी भएपछि अस्पताल भर्ना भएका अभिनेता सरोज खनाल सफल उपचारपछि घर फर्किएका छन् । अभिनेता खनालले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार डा.संजय खड्गीको समुहको उपचारपछि उनी घर फर्किएका छन् ।
अभिनेता खनालले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । सँगै उनले आफ्नो स्वास्थ्यप्रति सजग रहन सबैलाई आग्रहपनि गरेका छन् । अभिनेता खनाल यही शुक्रबार बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका थिए ।