‘छक्का पञ्जा २’ सँगै आउने भयो छविराजको ‘मंगलम’
अन्ततः निर्माता छविराज ओझाको ‘मंगलम’ असोज ११ गते नै प्रदर्शनमा आउने भएको छ । एक महिना पनि कम समय हुँदा वितरकसँगको सर सल्लाहमा छविराजले असोज ११ मै आफ्नो फिल्मलाई ल्याउने निर्णय गरेका हुन् । सो मितिमा प्रदर्शन हुने फिल्म ‘छक्का पञ्जा २’ ले प्रचारलाई तिव्रता दिइरहेको छ । काठमाण्डौं वितरक गोपालकाजी कायस्थले पनि असोज ११ मै ‘मंगलम’ आउने जानकारी दिए । मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।
‘अब हामी आजबाटै प्रचार सुरु गर्छौं’, निर्माता ओझाले भने, ‘सुरुमा असोज ११ मा आउने भनेर मैंले नै भनेको थिएँ । पोस्टर रिलिज गरेर प्रचार सुरु हुन्छ ।’ नवल नेपालको निर्देशन रहेको फिल्ममा शिल्पा पोखरेल, पृश्वीराज प्रसाईं र पुष्पल खड्काको मुख्य भूमिका रहेको छ । मंगलमबाट शिल्पा निर्मात्री समेत बनेकी छिन् । कस्तो होला त दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा २ र बाघ निर्माताको रुपमा चिनिएका ओझाको मंगलम बिचको प्रतिस्पर्धा ?