मदनकृष्णको ‘महको म’ ‘ह’ बाट लोकार्पण
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो वायोग्राफी समावेश पुस्तक बजारमा ल्याएका छन् । मदनकृष्णको ‘महको म’ मंगलबार ‘ह’ अर्थात् हरिवंश आचार्यले लोकापर्ण गरे । मंगलबार दरबार मार्गको याक एण्ड यतिमा ४४ औं वैवाहिक वार्षिक उत्सबको अवसर पार्दै पुस्तक विमोचन गरिएको हो । महको म लोकार्पण कार्यक्रममा लेखक, कलाकार देखि विभिन्न क्षेत्रका व्यक्तित्वहरु उपस्थित थिए ।