दोश्रो सातामा ‘ए मेरो हजुर २’ : एक हप्तामा ५ करोड कलेक्सन
झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ ले पहिलो सातामा ५ करोड २ लाख ८४ हजारको ग्रस कलेक्सन गर्न सफल भएको छ । साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिलम दोश्रो साताको प्रदर्शनरत छ ।
नेपाली एक मात्र ‘दुई रुपैयाँ’ र विदेशकी कुनै पनि नयाँ फिल्म रिलिज नहुँदो ‘ए मेरो हजुर २’ ले दोश्रो सातामा पनि पहिलो साताकै संख्यामा हल पाएको छ । केही शोहरु मात्रै हेरफेर भएको निर्माता सुनिल कुमार थापाले बताएका छन् । निर्माता थापाका अनुसार दोश्रो सातादेखि फिल्मले नाफाको व्यापार गरिरहेको छ । यसको लगानी डेढ करोडको हो । साम्राज्ञी र सलिनसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :