नेपाल आइडलबाट सागर आले आउट
चर्चित रियालिटी शो नेपाल आइडलबाट सागर आले उत्कृष्ट चार प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उत्कृष्ट तीनमा निशान भट्टराई, बुद्ध लामा र प्रताप दास सुरक्षित भएका छन् । एपिवनबाट प्रशारण भैरहेको नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा कतारमा हुँदैछ । निशान, बुद्ध र प्रतापबिच अन्तिम तीनमा प्रतिस्पर्धा हुनेछ । निर्णायक समुहमा न्युँहु बज्रचार्य, कालिप्रसाद बाँस्कोटा र ईन्दिरा जोशी रहेका छन् । नेपाल आइडललाई लिएर विभिन्न विवाद, चर्चा र कानुनी लफडा समेत उब्जिएको थियो ।