ऋतिकले आफ्नै फिल्मको मजाक उडाएपछि…
एजेन्सी – बलिउड अभिनेता ऋतिक रोशनले आफ्नै फिल्मको मजाक उडाएका छन् । उनले ‘मै प्रेमकी दीवानी हुँ’ फिल्ममा निभाएका प्रेमको भुमिकाको मजाक उडाएका हुन् ।
अनुपमा चोपडासँगको अन्तर्वार्तामा उनलाई फ्यानले कुन भुमिका निभाउदा कठिन भएको थियो भन्ने प्रश्न गरेका थिए । यसको जवाफ दिदै उनले भने, ‘मै प्रेमकी दीवानी हुँमा प्रेमको भुमिका राम्रोसँग निभाउन सकिरहेको थिएन । यो फिल्ममा अति-उत्साहित र ओभर एक्टिङ्ग गर्नु पर्ने थियो । त्यसैले यो भुमिका निभाउन नराम्रै चुके ।’ उनको कुरा सुनेर अडियन्स हाँस्न लागेका थिए । यो फिल्ममा ऋतिकसँगै अभिषेक बच्चन र करीना कपूर खानको पनि अभिनय रहेको थियो ।
ऋतिक रोशन ‘कृष ४’को तयारीमा छन् । उनले यो फिल्मको छायांकन ‘सुपर ३०’ र ‘वार’ भन्दा अगाडी सुरु गरेका थिए । उनका बुबा राकेश रोशन बिरामी भएपछि फिल्मको काममा ढिलाई भएको हो । हाल ऋतिकले ‘कृष ४’ लाई निरन्तरता दिएको बताए ।