नारायण रायमाझी र शान्तिश्री परियारको मार्मिक गीत
नारायण रायमाझीको संगीत संयोजनमा लिपुलेक र कालापानी बारे मार्मिक गीत तयार भयो । ‘छिमेकीले बनायो मुलबाटो’ बोलको गीत्मा रमेश विजीको शब्द रचना छ । गीतमा नारायण रायमाझी र शान्तिश्री परियारले स्वर दिएका छन् । गीतको भिडियो हेर्नुस् :
नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएपछि नेपाली सर्जकले यस बारे थुप्रै गीत ल्याएका छन् । नारायण रायमाझी, रमेश विजी र शान्तिश्री परियारको संयोजनमा तयार भएको यो गीतमा मार्मिक छ ।
उसो त नारायण रायमाझीले गोर्खा पल्टन र पदरेशी जस्ता मौलिक कथामा फिल्म बनाएका छन् । उनका पछिल्ला गीतहरु बोल माया र गलबन्दी सर्वाधिक हिट छन् ।