भूपु र उषाको ‘छोटो छ जीन्दगी’ (भिडियो)
गायक भूपु पाण्डे र हाँस्य टेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको छोटो छ जीन्दगी केही दिन अगाडी सार्वजनिक भएको थियो । जसलाई दर्शकको तारिफ मिलेको छ । गीतको शब्द तथा संगीतसँगै भिडियो उत्कृष्ट बनेको बनेको दर्शक प्रतिक्रिया छ । भिडियो :
नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ। वैदेशिक रोजगारीले दम्पती जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। भिडियो हेरेपछि दर्शकहरुले गीतले रुवाएको भन्दै टिमको विशेष प्रशंसा गरेको छ ।
गायक भूपु र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक स्वयम् को रहेको छ भने सागरबाबु भट्टले डेब्यु निर्देशन रहेको छ। नेपालकै आछाम तुल्ता देखि भारतको राजस्थान सम्मको स्थललाई भिडियोमा समावेश गरिएको छ।
योगेश दहालले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा श्याम कुँवरले रंग सम्पादन गरेका हुन्। गायक भूपु नेपाली गीत संगितमा झण्डै एक दशकदेखि सक्रिय रुपमा लागेका उनले दर्जनौं गीत बजारमा ल्याइसकेका छन् ।