‘मलाई ड्रग्सको लत लागेको थियो’: कंगना
एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावतले हालै बलिउड इन्डस्ट्रीमा ड्रग्सको प्रयोग हुने दाबी गरेकी थिइन् । यसैबीच उनको एक भिडियो भाइरल भइरहेको छ । जसमा उनले आफुले ड्रग्स लिने गरेको बताएकी छन् ।
यो भिडियो केहि समय अगाडी आफैले सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा उनले भनेकी छिन्, ‘जब म फिल्ममा काम गर्नको लागि घरबाट भागेकी थिए । तब म केहि वर्षसम्म ड्रग्स एडिक्ट भएको थिए । मेरो जीवनमा निकै उताब चढाब आएको थियो । म गलत मान्छेको हातमा परेको थिए । सोच्नुस् म कति खतनाक छु ।’
कंगना १६ वर्षको उमेरमै आफ्नो घर छाडेर मुम्बई आएकी थिइन् ।