‘नेपाटिज्मको चर्चा आवश्यक भन्दा बढी भइरहेको छ’ अनुभव सिन्हा
एजेन्सी– बलिउड फिल्म ‘थप्पड’का निर्देशक अनुभव सिन्हाले सुशान्त सिंह राजपूतको निधनपछि नेपोटिजमको आवश्यक भन्दा बढी चर्चा भएको बताएका छन् ।
उनले भारतीय मिडियासँगको कुराकानीमा भने, ‘नेपाटिज्मको चर्चा आवश्यक भन्दा बढी भइरहेको छ । मैले पहिलै देखि भन्दै आइरहेको छु, यस बारे धेरै कुरा भइरहेको छ ।’
उनले फेवरेटिज्म भएको बताउदै भने, ‘मूभी माफियाको कुरा गर्नु पर्दा, मैले इन्डस्ट्रीको परिपेक्ष्यमा यो शब्द धेरै सुनेको छैन । इन्डस्ट्रीमा फेवरेटिज्म छ । यस्तो हरेक व्यक्ति गर्छन् । अब, हामी कलाकार साथीहरुले एक–अर्काको ख्याल गर्दै मित्रता पुर्वक काम गर्नुपर्छ ।’