‘संघर्षरत केटीलाई यौन श्रमिक जस्तो व्यवहार गरिन्छ’: कंगना
एजेन्सी– बलिउड अभिनेत्री पायल घोषले निर्देशक तथा निर्माता अनुराग कश्यप माथी यौन दुव्र्यवहारको आरोप लगाएकी छन् । पायलले टुविटर मार्फत आरोप लगाएपछि अभिनेत्री कंगना रनावतले कारबाहीको माग गरेकी छन् । उनले अनुराग कश्यप मात्र नभएर पुरै बलिउडलाई निशाना बनाएकी छन् ।
उनले लेखेकी छन्, ‘अनुरागले आफै स्वीकार गरेका छन् कि विभिन्न मान्छेसँग विवाह गरेपछि पनि कहिलै एक जनासँग रहेनन् । अनुरागले पायलको साथ जे गरे त्यो बलिउडमा सामान्य कुरा हो । संघर्षरत बाहिरी केटीहरुलाई यौन श्रमिक जस्तै व्यवहार गरिन्छ ।’
उनले आफुलाई मीटु अभियानको आवश्यक नपर्ने दाबी गर्दै लेखेकी छन्, ‘बलिउडमा यौन शिकारीहरु धेरै छन् । जो नक्कली विवाह र डमी विवाह गर्छन् । एक नयाँ हट केटीले उनीहरुलाई दिनहुँ खुशी बनाउने आशा राख्छन् । मैले आफ्नो भविष्य आफ्नो तरिकाले बनाएको छु । मलाई हयाज ट्याग मीटुको आवश्यकता पर्दैन ।’
अनुराग कश्यपले पायलको आरोप अस्वीकार गरेका छन् ।