अनुराग कश्यपमाथी रेप केस दर्ता
एजेन्सी– दक्षिण भारतीय अभिनेत्रीले निर्माता तथा निर्देशक अनुराग कश्यपमाथी यौन दुव्र्यवहार विरुद्ध उजुरी दर्ता गराएकी छिन् । उनले मुम्बईको विक्रोली पुलिस स्टेशनमा मंगलबार एफआईआर दर्ता गरेकी हुन् ।
अभिनेत्रीले कश्यपले २०१३ मा बर्साेवाको यरी रोडको एक लोकेशनमा रेप गरेको बताएकी छन् । कश्यपमाथी दुष्कर्म, गलत व्यवहार, महिलाको अपमान गरेको मुद्धा चलाइएको छ । अभिनेत्रीको बयान अनुसार, ‘अनुरागले रणबीर कपूरसँग एक फिल्ममा काम गर्नेको लागि उनीसँग कुनै पनि केटी सुत्न तयार हुने बताए । यतिमै उनले एडल्ट फिल्म लगाए । म डराए । त्यसपछि उनी न्यूड भए । मलाई पनि कपडा खोल भने । मैले भने, म कन्फर्टेबल छैन । जसरी तसरी म त्यहाँबाट भागे । तर त्यो घटना मैले अहिलेसम्म भुल्न सकेको छैन ।’
केहि समय अगाडी पायल घोषले सामाजिक सञ्जाल मार्फत अनुराग कश्यपमाथी यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।