जमानतमा जेलबाट बाहिरिन् रिया
ड्रग्स केसमा मुछिएकी नायिका रिया चक्रवर्ती २८ दिन पछि जेलबाट बाहिरिएकी छिन् । उनी जमानतमा जेलबाट रिहा भएकी हुन् ।
बम्बे हाई कोर्टले १ लाख धरौटीमा रियालाई जमानत दिएको हो । कोर्टले रियालाई आफ्नो पासपोर्ट पेस गर्ने र सोधपुछको लागि बोलाउदा उपस्थिति हुने सर्त राखेको छ । हरेक १० दिनपछि रियाले मुम्बई पुलिसमा हाजिरी गर्नु पर्नेछ । यसै मुद्धामा रियासँगै सैमुअल मिरांडा, दीपेश सावन्तलाई जमानत दिइएको छ । भने बसित परिहार र शोविक चक्रवर्तीको जमानत खारेज गरिएको छ ।
अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्स केसले आएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई पक्राउ गरेको थियो । एनसीबीले ड्रग्स केसमा नायिका दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खान, रकुलप्रीत सिंह र नम्रता सिरोदकरसँग पनि सोधपुछ गरेको थियो ।