सनी विश्वकर्मा र रचना रिमालको ‘कम्मरैमा खुर्पेटो’
लोक स्टार सनी विश्वकर्मा र नेपाल आइडल फेम्ड रचना रिमालको स्वरमा नयाँ गीत आएको छ । ‘कम्मरैमा खुर्पेटो’ गीतको रचना र संगीत बि.बि अनुरागीले गरेका हुन् । भिडियो :
भिडियोमा सनी, रचना र बिबि लगायतलाई देख्न सकिन्छ । मिराज अर्याल र ताराकान्त बि.कको छायाँकन रहेको भिडियोलाई ताराकान्तले सम्पादन गरेका हुन् । लोक स्टार भएपछि सनी विश्वकर्माले गाएको झुम्का झलक्कै हिट भयो रचना रिमाल गीत रेकर्डिङमा निकै व्यस्त छिन् ।