केकीलाई ३ दिनमै कोरोना नेगेटिभ !
कोरोना पोजेटिभ देखिएकी नायिका केकी अधिकारीलाई तीन दिन पछाडी कोरोना नेगेटिभ देखिएको छ । यद्पी आफु होम आइसोलेसनमै रहेको केकीको भनाई छ । बिहिबार फेसबुक स्टाटस लेख्दै केकीले यस खबरको जानकारी गराएकी हुन् ।
केही दिन अघिको हावा पानी बर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो । चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि मैंले हाललाई आफूलाई आइसोलेट गरेकी छु ।
यही अन्योलता बिच मैंले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनु हुने विश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु ।
हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस् !, केकीले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन् ।